नेपाल कुवेतसँग १–० ले पराजित
विश्वकप र एसियन कप छनौट अन्तर्गत कुवेतसँगको दोस्रो खेलमा नेपालले हारका बाबजुद सुधारिएको प्रदर्शन गरेको छ । भुटानको थिम्पुमा मंगलबार नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।
कुवेतको घरेलु मैदानमा भने यही टीमसँग नेपाल ७-० गोलको विशाल अन्तरले पराजित भएको थियो । रंगशाला तयार नभएपछि नेपालमा हुनुपर्ने खेल भुटानमा भएको हो । यसअघि कुवेतमा नै खेलेको पहिलो लेगमा ७–० ले पराजित भएको नेपालले यसपटक सम्मानजनक नतिजा निकाल्न सक्यो ।
घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले भुटानमा गरिएको हो। नेपाली भूमिमा दर्शकको साथमा खेल्न नपाए पनि अघिल्लो हारको तुलनामा नेपालको सुधारिएको प्रदर्शन भयो ।
पहिलो लेगमा ७–० ले हार्नुभन्दा अघि नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १–० ले पराजित भएको थियो । विश्वकप छनोटमा अहिलेसम्म ५ खेल खेलेको नेपालले १ खेल मात्रै जितेको छ ।
प्रतिकृया दिनुहोस्