January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

टी १० लिगमा दुवै खेलाडी टिम पारस र सन्दीप आमने सामने हुँदै

टी १० लिगमा दुवै खेलाडी टिम पारस र सन्दीप आमने सामने हुँदै

०४ मंसिर, २०७६, काठमाण्डौ । यूएईमा भइरहेको टी १० लिग क्रिकेटको लिग चरणका खेल सकिएका छन् भने मंगलबारदेखि सुपर लिगको खेल पनि सुरु भइसकेको छ । सुपर लिगमा आगामी शुक्रबार नेपालका दुवै खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टिम आमने सामने हुँदैछन् ।

यो खेल शुक्रबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि सुरु हुनेछ ।

सन्दीपले अहिलेसम्म तीन विकेट हात पारेका छन् भने पारसले पनि नट आउट ४ रन जोडेका छन् । सन्दीपले सोमबार सबैभन्दा महँगो ओभर बलिङ गरेका थिए ।

Advertisement