January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

ओलम्पिक टर्च र्याली आजबाट सुरु हुँदै

ओलम्पिक टर्च र्याली आजबाट सुरु हुँदै

०६ मंसिर, २०७६, काठमाण्डौ । नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघको समन्यवमा १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि ओलम्पिक टर्च र्याली आजबाट सुरु हुँदैछ । यो टर्चलाई सातै प्रदेशका राजधानी तथा मुख्य शहरमा परिक्रमा गराईनेछ ।

Advertisement

९ दिनसम्म चल्ने टर्चका परिक्रमा आज बिहान स्वयम्भुनाथ चैत्यमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले टर्च प्रज्वलन गरेसँगै सुरु हुनेछ ।

Advertisement

पोखराबाट मंसिर १५ गते सागको उद्घघाटनको दिन समारोह स्थल दशरथ रंगशालामा ल्याईनेछ ।

ओलम्पिक टर्र्च यालीमा बैकुण्ठ मानन्धर, जित बहादुर केसी, दिपक विष्ट, राजेन्द्र भण्डारी, नयना शाक्य, दिपक श्रेष्ठ लगायतका १३ जना किर्तीमानी खेलाडी तथा ओलम्पियन सहभागी छन् ।