सागको पोखरामा हुने खेलस्थल तोकियो
०८ मंसिर, २०७६, काठमाण्डौ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को खेलस्थल र अभ्यासस्थल सार्वजानिक गरिए सँगै पोखरामा हुने खेलस्थान र अभ्यासस्थल समेत तयार गरिएको छ ।
पोखरामा हुने ८ खेल पोखरा रंगशाला र पोखरा भित्रका अन्य क्षेत्रमा हुनेछन् । पोखरा रंगशालाभित्र महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याडण्बल, र व्याडमिन्टनका खेल हुनेछन् भने भारोत्तोलन पोखरा १२ माटेपानीस्थित एसआर केसी क्याटरिङको हलमा हुनेछ ।
यस्तै खेलाडीको लागि अभ्यासस्थलको समेत व्यवस्था गरि सकेको छ । आर्चरी,ह्याडण्बल र व्याडमिन्टन पोखरा रंगशालामै अभ्यास गरिनेछ भने विच भलिबल बाराहिघाटमा तथा ट्रायथलन बसुन्धरा पार्क र पुम्दीभुम्दीमा हुने छ । महिला क्रिकेटको अभ्यास नगर विकास प्रशिक्षण केन्द्रमा हुनेछ भने महिला फुटबलको लागि हेम्जामा रहेको गौरीशंकर खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतनाको खेल मैदान तोकिएको छन् ।
प्रतिकृया दिनुहोस्