January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

एसएसबीको कडाई

एसएसबीको कडाई

१० मंसिर, २०७६, काठमाण्डौ । जिल्लाका सीमावर्ती गाउँमा पूर्वाधार निर्माणमा अवरोध गर्दै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थानीयलाई थप कडाइ गर्न थालेको छ । सदरमुकाम आउन पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यताका कारण उनीहरूलाई सामान ओसार्न रोक लगाइएको छ ।

Advertisement

सलकपुरदेखि सन्दकपुरसम्मको साढे ५२ किमि सीमा क्षेत्रमा नेपालतिर बाक्लो बस्ती छ । भारततर्फ मानेभन्ज्याङ, फाटक र छब्बिसेलगायत केही ठाउँमा मात्र बस्ती छ । अधिकांश क्षेत्र सिंहलीला नेसनल पार्कले ओगटेको छ ।

Advertisement

‘इण्डियाकै सडक भएर आउजाउ गर्नुपर्ने बाध्यता छ,’ मानेभन्ज्याङका राजन तामाङले भने, ‘सामानबिना मान्छे मात्र आउजाउ गर्नु भन्दै एसएसबी कराउँछन्  ।’ रोङ गाउँपालिकाको सलकपुरदेखि सूर्योदय नगरपालिका, माइजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमावर्ती क्षेत्र भएर सन्दकपुरसम्म पुग्ने सडक बनाउन वर्षौंअघि काम थालिए पनि पुरा भएको छैन ।
सदरमुकामबाट कालपोखरी हुँदै सन्दकपुरसम्म जसोतसो सडक त खनिएको छ, तर बर्खामा गाडी चल्दैनन् । माइजोगमाईको तुम्लिङ, मेघमा, गुराँसेजस्ता क्षेत्रमा अझै पनि नेपालतर्फबाट गाडी चलेका छैनन् । मानेभन्ज्याङदेखि थुम्के हुँदै मेघमासम्म ट्र्याक खुले पनि स्तरोन्नति नहुँदा प्रयोगमा छैन ।

‘सिधा सडक यातायात नहुँदा कुनै न कुनै बहानामा सीमापारिका सुरक्षाकर्मीको खप्की खानुपर्ने पुरानै पीडा हो,’ माइजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले भने, ‘जतिसक्दो चाँडो सीमा सडक र सदरमुकामसहित गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणको विकल्प छैन ।’

सीमा सडकअन्तर्गत सन्दकपुरको कालपोखरीसम्म डीपीआर तयार भएको उनले बताए । सन्दकपुर गाउँपालिकादेखि कालपोखरीसम्म र सूर्योदय नगरपालिकाको समालवुङदेखि जिर्मले खण्डमा ट्र्याक खुल्न बाँकी छ ।
विप्लव भट्टराईले यो खबर आजको कान्तिपुर दैनिकमा लेखेका छन् ।