April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघले ६ पूर्व अध्यक्षलाई पुरस्कार दिने

नेपाल पत्रकार महासंघले ६ पूर्व अध्यक्षलाई पुरस्कार दिने

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका ६ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ ।

Advertisement

शाखाको आइतवार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुंगाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो ।

Advertisement

सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने छ । पुरस्कारको राशि ५ हजार रुपैयाँ रहेको छ ।

टीकानिधि ढुंगाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिए । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।

यसैगरी भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिने छ । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएबापत उनीहरूलाई पुरस्कृत गर्न लागिएको छ । माघ १३ गते आयोजना हुने शाखाको साधारण सभाको अवसरमा पुरस्कार प्रदान गरिने महासंघका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए ।

बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

रासस