April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पर्यापर्यटन प्रवर्द्धन गर्न शुक्लाफाँटा पर्यटन महोत्सव

पर्यापर्यटन प्रवर्द्धन गर्न शुक्लाफाँटा पर्यटन महोत्सव

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ। ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ नारासहित जारी महोत्सव एक सातासम्म सञ्चालन हुने आयोजकले बताएको छ।

Advertisement

महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताए। जैविक विविधता संरक्षणँंगै जनावर र मानवबीचको द्वन्द्व समाधानका लागि वन मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो। निकुञ्जभित्रका ताल तलैयाको संरक्षण तथा बाटोलगायत पूर्वाधार निर्माणका लागि मन्त्रालयले कार्य अगाडि बढाउने उनले बताए।

Advertisement

कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताए। पर्यटन प्रवद्र्धनसँगै यहाँका स्थानीयको जनजीवनसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नुपर्ने उनको भनाइ थियो।

निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, पाटे बाघ, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चरा पाइन्छन्। सबैभन्दा ठूलो बथानका रूपमा बाह्रसिङ्गाको झुण्ड निकुञ्जमा सहजै हेर्न सकिन्छ। निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । रासस