गौरिका सिंहले पौडीमा दिलाइन् दोस्रो स्वर्ण पदक
- वाणिज्य न्युज
- २० मंसिर २०७६
१३औँ दक्षिण एशियाली खेलकुदमा गौरिका सिंहले दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रवार स्वर्ण पदक जितेकी छन् । यसअघि बिहीवार उनले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितेकी थिइन् । उनले निर्धारित दुरी २ मिनेट १७.७३ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । बिहीबार मात्रै भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा स्वर्ण पदक पाएकी उनको यो दोस्रो स्वर्ण पदक हो।
प्रतिकृया दिनुहोस्