January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सागको एकै संस्करणमा सर्वाधिक ४ पदक जित्ने गौरिका पहिलो नेपाली

सागको एकै संस्करणमा सर्वाधिक ४ पदक जित्ने गौरिका पहिलो नेपाली

डीबाज गौरिका सिंह दक्षिण एशियाली खेलकुद सागको एकै संस्करणमा सर्वाधिक पदक जित्ने पहिलो नेपाली बनेकी छन् । जारी १३ औं सागमा उनले ४ स्वर्ण जितिन् । पौडीको १ सय मिटर फ्रि–स्टाइलमा उनले आज ५८ दशमलव १३ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जितेकी हुन् । उनले यसै सागमा २ रजत र २ कास्य पनि आफ्नो नाम लेखाएकी छन् । यसअघि उनले ४ सय मिटर फ्रि–स्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।  हिजो स्वर्ण जितेपछि उनले सागमा ३ स्वर्ण जित्ने बैकुण्ठ मानन्धर र तेक्वान्दोकी आयशा शाक्यको कीर्तिमान बराबरी गरेकी थिइन् । सागमा लगातार ४ स्वर्ण जित्ने कीर्तिमान तेक्वान्दोका दीपक बिष्टको नाममा छ । उनले आठौं, नवौं, दशौं र एघारौं सागमा लागातार स्वर्ण जितेका थिए । 

http://bit.ly/2P2ko4g
http://bit.ly/2P2ko4g
http://bit.ly/2P2ko4g

Advertisement