January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको छ । साइबर हमला तथा अन्य शत्रुतापूर्ण कार्य गरेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको वीवीसीले जनाएको छ ।

Advertisement

अमेरिकाको यो प्रतबन्धमा रुसी अधिकारी तथा दर्जनौँ रुसी संस्थाहरु निसानामा परेका छन् । अमेरिकाले प्रतिबन्धको कारण खुलाउँदै भनेको छ– रुसको हानीकारक वैदेशिक गतिविधि रोक्नु प्रतिबन्धको उद्देश्य हो ।

Advertisement

अमेरिकाले सन् २०२० मा भएको चुनाव तथा गत वर्षको ठूलो ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाएको छ । तर अमेरिकाले लगाएको आरोप अस्वीकार गर्दै रुसले त्यस्तै प्रकारको प्रतिउत्तर दिने जनाएको छ ।

प्रतिबन्धहरू घोषणा भएपछि रुसी विदेश मन्त्रालयले त्यसलाई खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम भनेको छ । रुसले यसको निर्णायक प्रतिउत्तर दिने पनि जनाएको छ ।