February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

उदयपुरगढी सवारी दुर्घटना हुँदा चारको मृत्यु

उदयपुरगढी सवारी दुर्घटना हुँदा चारको मृत्यु

पुष ३, काठमाडौं ।
उदयपुरगढी गाउँपालिकाको जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ रहको प्रहरीले जनाएको छ ।

Advertisement