January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

कृषकहरुले गरे आलु भण्डारण केन्द्र निर्माण

कृषकहरुले गरे आलु भण्डारण केन्द्र निर्माण

०४ पौष, २०७६,काठमाण्डौ । भोजपुर नगरपालिका – १० खुरीलाका स्थानीय कृषकहरुले कृषी ज्ञान केन्द्र भोजपुरको आर्थिक सहयोग तथा जनश्रमदानमा आलु भण्डारण केन्द्र निर्माण गरेका छन् । यसवाट उनीहरुले आलुको विउलाई गुणस्तरिय बनाउन सकिने विश्वास लिएका छन् ।
भण्डारण केन्द्र नहुँदा आलुको विउ राख्न यहाँका कृषकले भान्साघर, तथा तातो ठाउँमा राख्दा आलु चाँडै उम्रिने,बाक्लो गरि राख्दा कुहिने हुन्थ्यो जसले गर्दा विउ राम्रो नहुने, रोप्नु भन्दा पहिला उम्रिने, उत्पादन राम्रो नहुने लगायतका समस्या भोग्दै आएका थिए
कृषकहरुले उन्नति बहुउदेश्यीय कृषक समूह गठन गरेर १० हजार केजी क्षमताको आलु भण्डारण रस्टिक स्टोर निर्माण गरेका हुन् ।
खुरीला क्षेत्रलाई जिल्लाको निकै राम्रो आलु उत्पादन हुने क्षेत्रको रुपमा लिने गरिन्छ । यहाँका कृषकहरुले भोजपुर सदरमुकाम लगायत क्षेत्रमा विक्रीका लागि आलु ल्याउने गरेका छन् ।
त्यहाँ उत्पादन भएको सवै आलु भण्डारण गर्न त सकिदैन, तर बिउ आलु भने गाउँका सवै कृषकको भण्डारण गर्न सकिने त्यहाँका कृषक बताउछन् ।
केन्द्रको निर्माणसंगै स्थानीय कृषकहरु उत्साहित भएका छन् । आलुको विउलाई यसरी भण्डारण गरेर राख्दा उत्पादनमा समेत बृद्धि हुने कृषकहरुको भनाइ छ ।

Advertisement