March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

देशभरको मौसम बद्ली, आज पनि वर्षाको सम्भावना

देशभरको मौसम बद्ली,  आज पनि वर्षाको सम्भावना

देशभरको मौसम बद्ली भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकोले आज पनि वर्षाको सम्भावना देखिएको हो ।
अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ । थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक÷दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतमा आएको चक्रवात ताउ–ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण भएको मौसम बद्ली आज साँझ देखि खुल्दै जाने छ । आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

Advertisement