August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको महत्वकांक्षी बजेट (पूर्णपाठ)

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको महत्वकांक्षी बजेट (पूर्णपाठ)

सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि चालूगत, पुँँजीगत र वित्तीय व्यवस्थाका लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदवराबाट अध्यादेशमार्फत नयाँ आर्थिक वर्षको बजेट ल्याएका हुन् । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ । पुँजीगततर्फ भने ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ ।


आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गदा पनि नपुग हुने २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने पौडेलले बजेट भाषणका क्रममा बताए ।

हेर्नुहाेस् पूर्णपाठ:

Budget-2078-079@banijya