August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

आफ्नै गोलपोष्ठमा २ गोल गरेपछि जर्मनीले पोर्चुगललाई हरायो

आफ्नै गोलपोष्ठमा  २ गोल गरेपछि जर्मनीले पोर्चुगललाई हरायो

एजेन्सी । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका कारण पोर्चुगल हाल बेहोर्न बाध्य भएको हो । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरेका थिए ।

तर यसपछि जर्मनीले लगातार चार गोल ग¥यो । उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै खेलाडीको गोलका कारण ४–२ ले पराजित हुनुपर्यो ।