September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

ज्योति विकास बैंकको १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र आजदेखि विक्रीमा

ज्योति विकास बैंकको १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र आजदेखि विक्रीमा

असार २०, काठमाडौं ।

ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतवारदेखि ऋणपत्र विक्री खुला हुदैंछ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको १५ लाख कित्ता ऋणपत्र कार्यालय समय सुरुभएसँगै विक्री खुला गर्न लागेको हो ।

Advertisement

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा कुल कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ ।

बैंकले बिक्रीमा ल्याएको  उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिन्छ । उक्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

‘ज्योति विकास बैंक बण्ड २०८७’ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकले प्रदान गर्ने यो ब्याजदर हाल वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा पाइने ब्याजभन्दा धेरै हो । बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी मध्यम कर्जा जोखिम र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ।