April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

शान्तिनगरको जेब्राक्रसमै अन्दाजी ५५ बर्षिय महिलालाई ठक्कर दिएर गाडी फरार

पुस १२, काठमाडौं ।
शान्तिनगर चोकमा नम्बर नखुलेको सवारीले अन्दाजी ५५ वर्षिय महिलालाई ठक्कर दिएर भागेको छ । शनिवार रातको नै बजे तिर जेब्राक्रस गर्ने क्रममा कोटश्वर दिशाबाट आएको ठूलो गाडीले ठक्कर दिएर भागेको हो । सडक दुर्घटना भएको सडकमा ब्रेकहान्दा ट्रिपर जस्तै ठूलो गाडीको ८ मिटर लामो घस्रेको डाम छ । साथै घटना स्थलमा केही बालुवा समेत छरिएकोले गर्दा बालुवा बोक्ने ट्रिपर गाडीले नै घक्कर दिएको स्थानियको दाबी छ । रातो कुर्था सुरुवाल र घर भित्र लगाउने रातो चप्पल लगाएकी उक्त महिलाको दाहिने खुट्टामा टायरले भेटेको र अचेत अवस्थामा उत्तानो परेर लडेको अवस्थामा स्थानियले देखेर प्रहरीलाई खवर गरेका थिए । स्थानियले खवर गरेको २० मिनेटमा मात्र प्रहरी घटना स्थलमा आएर महिलालाई अस्पताल लगेको थियो । दुर्घटना भएको स्थानबाट स्पष्ट बानेश्वर प्रहरी चौकी देखिएपनि प्रहरी आउन उक्त समय लगाएपछि स्थानिय प्रशासन देखि आक्रोशित भएका छन् । अध्यारोको समय भएकाले सवारीसाधन जेब्राक्रसमै यात्रुलाई ठक्कर दिएर भागेको हो ।

Advertisement