April 18, 2025, Friday
[nepali_today_date]

गुण्डा नाइके विष्णु धिताल र दुर्गा राई पक्राउ

गुण्डा नाइके विष्णु धिताल र दुर्गा राई पक्राउ

पुस १४ , काठमाडौँ ।
गुण्डा नाइके विष्णु धिताल र दुर्गा राई पक्राउ परेका छन् । उपत्यकामा विभिन्न अपराधमा संलग्न रहदै आएका उनीहरुलाई अपराध अनुसन्धान महाशाखा बाट खटिएको प्रहरीको टोलीले धिताललाई पेप्पीकोला र राईलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
राई र धितालको समूहले व्यापारीलाई माग गरेअनुसारको रकम नदिए हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने धाकधम्की समेत दिँदै आएको प्रहरीद्वारा विज्ञप्तिमा उल्लेख छ ।
धिताललाई गुण्डा नाइके गणेश लामा र दावाको सहयोगीको रुपमा चिनिन्छ । गुण्डा नाइके धितालले गिट्टी, ढुंगा र बालुवा व्यापारीलाई धम्काउने कार्य गर्दै आएका थिए । भुमाफियाको रुपमा चिनिने राई यसभन्दा अगाडी ५ बर्ष जेल बसेका थिए ।
दुर्गा’ जेलमा सजाय भोगिरहेका गुण्डा नाइके रमेश बाहुनका दाहिने हात मानिन्छन् । ‘दुर्गा’ले कोटेश्वर, तीनकुने, बानेश्वर लगायतका क्षेत्रमा ‘बाहुन’को नाममा हप्ता असुली गर्दै आएको अपराध महाशाखाले जनाएको छ ।
गुण्डा नाइके ‘बाहुन’ले निर्माण व्यावसायी उद्योग व्यवसायी र रामेछापको हाइड्रोपावर सञ्चालकहरूलाई समेत जेलबाटै फोन गरी धम्क्याउने गरेको उजुरी प्रहरीमा परेको छ । ‘बाहुन’ले ‘दुर्गा’लाई नै रकम लिन पठाउने गरेको प्रहरीसँग रेकर्ड रहेको छ ।

Advertisement