March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बोर्डबाट ३ कम्पनीले पाए आइपिओको स्वीकृति, मैलुङखोलाको १४ गतेदेखि खुल्ने

बोर्डबाट ३ कम्पनीले पाए आइपिओको स्वीकृति,  मैलुङखोलाको १४ गतेदेखि खुल्ने

साउन ७, काठमाडौं ।

Advertisement

नेपाल धितोपत्र बोर्डबाट ३ कम्पनीले आइपिओ निष्कासनको स्वीकृति पाएका छन्। स्वीकृति पाउने कम्पनीमा एक जीवन बीमा कम्पनी, एक लघुवित्त र एक जलविद्युत कम्पनी छन्। सानिमा लाइफ इन्स्योरेन्स, मानुसी लघुवित्त र साम्लिङ पावर कम्पनीले स्वीकृति पाएका हुन्।

Advertisement

यी कम्पनीले अबको २ महिनाभित्र आइपिओ निष्कासन गर्नेछन्। सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ निष्कासनको स्वीकृति पाएको छ। मानुसी लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता तथा साम्लिङ पावर कम्पनीले १२ लाख ३० हजार कित्ता निष्कासनका लागि स्वीकृति पाएको हो। सानिमा लाइफको बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल, साम्लिङ र मानुसीको एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

यस्तै मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) साउन १४ देखि बिक्री खुल्ला हुने भएको छ। अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। सिडिएससीको मेरो सेयर अनलाइनबाट र आस्बा सदस्यप्राप्त आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ।