January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

प्रधानमन्त्री ओलीले दिए ल्होसारको शुभकामना

पुस १५, २०७६, काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा शुभकामना दिएका छन् ।

मंगलबार बिहान शुभकामना सन्देश जारी गर्दै ओलीले ल्होसारको अवसरमा सबैमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।

Advertisement