September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

एक महिनामै सात अर्ब २० करोड रुपैयाँको सुन आयात, कसले प्रयोग गर्छ यो सुन ?

एक महिनामै सात अर्ब २० करोड रुपैयाँको सुन आयात, कसले प्रयोग गर्छ यो सुन ?

साउन ११, काठमाडौं ।

एक महिनामा नेपालमा करिब सात अर्ब २० करोड रुपैयाँको ९ सय किलो सुन आयात भएको छ। निषेधाज्ञाले रोकिएको १५ सय किलोमध्ये सुन ९ सय किलो आयात भएको हो। गत असार मसान्तसम्म १५ सय किलो सुन आयात गर्ने भनिए पनि कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको थियो। त्यसैले ९ सय किलोमात्र आयात भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

बैंकहरुले आयातका लागि भुक्तानी गरिसकेको हुनाले गत वर्षको कोटाको सुन नयाँ चालु आर्थिक वर्षमा भए पनि भित्रिने महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए। यस अघि चालु वर्षको असार मसान्तसम्म तोकिएको परिमाणमा सुन आयात नभए त्यो कोटामा नयाँ आर्थिक वर्षमा ल्याउन मिल्दैनथ्यो। यसपटक बैंकहरुले भुक्तानी दिइसकेको हुनाले गत वर्षको बाँकी सुन पनि आयात हुने भएको उनको भनाइ छ। पहिले १० किलो सुनको कोटा तोकिएको हुनाले समयमै सुन आयात भएको थियो। यसअनुसार २४ सय किलो सुन आयात भएको थियो।

गत वर्षदेखि कोटा बढेर दैनिक २० किलो पुगेको हुनाले परिमाण धेरै भयो। ११ महिनामा २१ अर्ब ७ करोड रुपैयाँको करिब ३१ सय किलो सुन आयात भएको थियो। वैशाखदेखि निषेधाज्ञा लागु भएपछि आयात रोकिएको थियो। निषेधाज्ञा खुकुलो भएर हवाई सेवा सहज भएको छ। बजार खुलेर कारोबार पनि राम्रै हुन थालेको छ। महासंघका अनुसार अहिले सुन आपूर्तिमा समस्या छैन। दैनिक २० किलो भन्दा बढीको कारोबार भइरहेको छ। गत महिना बिहेको लगनले सुनको कारोबारमा सुधार भएको थियो। दैनिक २५ देखि ३० केजी सुनको कारोबार भइरहेको थियो। साउन महिना अफसिजन भएकाले सुनको माग धेरै नहुने व्यवसायीले बताएका छन्।

नेपालमा राष्ट्र बैंकले बैंकहरुलाई सुन आयात अनुमति दिएको छ। १० वटा वाणिज्य बैंकबीच सुन आयातका लागि बैंकर्स संघले समन्वय गरेको छ। विवाहको सिजनमा २५ र अन्य बेला २० किलो दैनिकका दरले ल्याउने गरेकोमा विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै कोटा १० किलो सीमित गरिएको थियो। गत चैतमा दैनिक २० केजी ल्याउन पाउने बनाइएको छ। २०७३ मार्गतिर दैनिक नेपालमा औसत २२ करोड ५० लाख (एक किलो सुन बराबर ५५ लाख) रुपैयाँको गहना बिक्री हुने गरेको थियो । सुन आायात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ ।

कार्यविधिअनुसार बैंकमार्फत व्यवसायीले दिनको १५ किलो सुरुतिर पाउँदै आएको थिए, तर चाडबाड र सिजनमा भने कोटा बढाएर २० पु¥याउने गरेकोमा पछि नियमित २० किलो बनाइयो । बैंकले सुन आयात गर्दा एक किलो सुनको ५ लाख २० हजार रुपैयाँ भन्सार शुल्क लिने गरिएको छ । साधारणतया हरेक वर्ष दसैंअघि खासै चहलपहल नहुने सुनचाँदी बजारमा दिनको ३५ किलो सुन कारोबार हुँदै आएको भनिँदै आइयो । २०७३ साउनतिर अफ सिजन भन्दै व्यवसायीले सुन खरिद गर्न छाडेपछि बैंकको सुन बिक्री हुन छाडेको विगतको अनुभव रहिआएको छ । विगतमा कुनै महिना सुन आयात नभए पनि व्यवसायीहरूले सुन नकिनेका कारण विभिन्न बैंकमा करिब ४ सय केजी सुन थुप्रिएको घटना छ । २०७३ अघिका वर्षहरूमा अफ सिजनमा पनि दैनिक २० देखि २५ केजीसम्म सुनको कारोबार हुने गरेकोमा २०७३ मा १० केजी मात्रामा सीमित हुन पुगेको थियो, तर सिजनमा भने नेपाली बजारमा दैनिक ३५ देखि ४० केजीसम्म सुनको माग हुदै गरको बताईन्छ ।

आव ०७४/७५ मा सुनको आयात ह्वात्तै बढ्न थाल्यो । आव ०७३/७४ को ६ महिनामा मात्रै ७ अर्ब ५६ करोड ४६ लाख रुपैयाँको सुन आयात भएको थिाये । ०७३/७४ सम्म दैनिक आयात कोटा १५ किलोमात्र थियो, तर २०७४ फागुनबाट सुन आयात कोटा १५ बाट २० किलो बनाइयो । यद्यपि दसैंताक २० किलोको कोटा दिइँदै आएको थियो । २०७३ कात्तिकतिर सुनका गहना बिक्री गर्दा बिल अनिवार्य नचाहिएको बनाइयो । त्यसबेलाको निर्देशिकाको मस्यौदामा गहनाको बिल नभए पनि बिक्री गर्न पाउने भनिएको थियो, तर ग्राहकले सम्बन्धित व्यक्तिको गहना भनेर प्रमाणित गरे व्यवसायीहरूले गहना खरिद गर्न पर्नेछ भनियो ।

तर, बिलबिना खरिदबिक्री गरे चोरीपैठारी बढ्ने सम्भावना हुने भनियो । निर्देशकामा उल्लेखित प्रावधानअनुसार २३ क्यारेटको सुनको गहना तयारी गर्दा प्रयोग गरिने रसायनको गुणस्तर एक क्यारेटमुनिको रसायनमात्र प्रयोग गर्नुपर्ने प्रावधान राखिएको थियो, साथै मानव स्वास्थ्यका लागि हानिकारक क्याडमियम, लिड, क्रोमोनियम, मर्करीजस्ता धातुहरू रसायनका रूपमा गहना तयार गर्दा मिसावट गर्न नपाइने निर्देशिकामा उल्लेख गरियो । यस्तै सुन वा गहनाको गुणस्तर कायम गर्दा व्यवसायीहरूले घोषणा गरेबमोजिम शुद्धता २४ क्यारेटमा ९९.९ प्रतिशत, वर्क सुनमा ९९ प्रतिशत, २२ क्यारेटमा ९१.६६ प्रतिशत, १८ क्यारेटमा ७५ प्रतिशत र १४ क्यारेटमा ५८.३३ प्रतिशत शुद्धता हुनुपर्ने प्रस्ताव राखियो । त्यस्तै चाँदीमा पनि निश्चित मापदण्ड राखियो । देशभर करिब २०–२३ हजार गहना व्यवसायीका सुन पसल छन् । २ लाख मानिसले यस क्षेत्रमा रोजगारी पाइआएका छन् । तर, ५ सयसँग पनि बैंकमा गएर किलोमा सुन किन्ने क्षमता भइआएको देखिँदैन । २४–२५ जना व्यवसायीहरूले संयुक्त रूपमा कम्पनी दर्ता गरेर बैंकबाट सुन किन्नुपर्ने बाध्यता रहँदै आएको बताइन्छ । करिब ७५ प्रतिशत गहना हातैले बनाइने गरिएको छ । गहना बनाउने कालिगढ ८० प्रतिशत भारतीय छन् । एक जिल्लामा अन्दाजमा ७५ देखि २ सयका हाराहारीमा सुन पसल भेटिन्छन् ।