February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुन सहित एक जना पक्राउ

विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुन सहित एक जना पक्राउ

साउन १३, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो १६५ ग्राम सुन बरामद गरेको छ। गोरखा घर भएका २८ वर्षीय पदम परियारको साथबाट सो सुन बरामद गरिएको प्रहरीले जनाएको छ। परियार हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आउँदै थिए।

विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको वस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

Advertisement