नेप्से परिसूचक हालसम्मकै उच्च, कारोबार रकम भने २ अर्बले घट्याे
साउन १३, काठमाडौं ।
सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढेर परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको हो । यस अघि मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । दिनभर भएका १ लाख २८ हजार ७८० कारोबारबाट २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ ।कारोबार रकम मंगलबारको भन्दा करिब २ अर्ब रुपैयाँ कम हो ।
बुधबार बैंकिङ १८, जलविद्युत ४८ र उत्पादन ३७ अंकले घटे। ब्यापार १६, होटल तथा पर्यटन २५७, विकास बैंक ४८, फाइनान्स ७०, निर्जीवन बीमा ४४९, जीवन बीमा ४३१, अन्य २० र माइक्रोफाइनान्स समूह ३७ अंकले बढेका छन्। चन्द्रागिरि हिल्स, नारायणी डेभलपपमेन्ट र मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो।
सोल्टी होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढेको छ। गुमाउनेमा पन्चकन्य माइ हाइड्रोका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ५ प्रतिशतले घट्यो। सिंगटी हाइड्रोको मूल्य पनि करिब ५ प्रतिशत घटेको छ। ग्रीन लाइफ र पाँचथर पावरको मूल्य ४ प्रतिशतले घटेको छ। कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३८ करोडको कारोबार हुँदा दोस्रोमा रहेको नेसनल हाइड्रोपावरको ३६ करोडको कारोबार भयो।
प्रतिकृया दिनुहोस्