April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एमाले प्रवेश गरेका माओवादीका चार नेताद्धारा सर्वाेच्चमा रिट दायर

एमाले प्रवेश गरेका माओवादीका चार नेताद्धारा सर्वाेच्चमा रिट दायर

साउन १३, काठमाडौं ।
माओवादी केन्द्र छोडेर एमालेमा मन्त्री बनेका माओवादी केन्द्रका चार नेताहरुद्धारा सांसद पद खारेजीको निर्णय वदर गर्न माग गर्दै रिट दायर गरेका छन्। नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । नेकपा विघटन भएपछि एमालेमै बसेर ओली सरकारका मन्त्री बनेका थिए। माओवादी केन्द्रले पार्टीबाट निष्काशन गरी सांसद पदसमेत खारेज गर्ने निर्णय गरेको थियो।

उनीहरूले निर्वाचन आयोगको विवरणमा एमालेको सदस्यका रूपमा आफूहरूको नाम नरहेको र एमालेको कति नम्बर सदस्य भनेर आफूहरूलाई कारवाही गर्ने पक्षले देखाउन पनि नसकेको भन्दै सफाइको मौका समेत नदिई गरिएको कारवाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्। सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि विहीबारका लागि पेसी तोकेको छ ।

Advertisement