April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य एकैदिन ५ सय रुपैयाँले बढ्याे

साउन १५, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ५  सय रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलामा ५०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ४००  रुपैयाँमा कारोबार भएको थियो  । महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला  ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा किनबेच भइरहेको छ ।