September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

मेगा बैंकद्धारा एकैदिन ६ वटा नयाँ शाखा सञ्चालनमा

मेगा बैंकद्धारा एकैदिन ६ वटा नयाँ शाखा सञ्चालनमा

साउन १५, काठमाडौं ।

मेगा बैंकले विभिन्न प्रदेशमा एकैपटक ६ वटा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले प्रदेश नम्बर १ मा एक, बागमतीमा तीन, लुम्बिनीमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो। प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी-१६ लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ।  वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका-७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ।

Advertisement

त्यसै गरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ। यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए। यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ।