September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

अर्थ सचिव ढुंगाना सहित ३ सचिवको सरुवा

अर्थ सचिव ढुंगाना सहित ३ सचिवको सरुवा

साउन १७, काठमाडौं ।

अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा भएको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले उनको सरुवा गरेको हो ।  अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए ।

उनको ठाउँमा मधु कुमार मरासिनी आएका छन् । मरासिनी यसअघि महालेखा नियन्त्रक रहेका थिए । अर्थ सचिव  ढुंगाना र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्‌को कार्यालयमा तानिएको हो । मन्त्रिपरिषद्‌मा लगिएकालाई पछि अन्यत्रको जिम्मेवारी दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो  ।

Advertisement