February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

वसन्त ऋतुमा ४४ देशका ४५९ जनाले गरे हिमाल आरोहण, नेपाली आरोहणमा अगाडि

वसन्त ऋतुमा ४४ देशका ४५९ जनाले गरे हिमाल आरोहण, नेपाली आरोहणमा अगाडि

काठमाण्डौ – कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । आवतजाबतमा लगाईएको रोकले गर्दा एक स्थानबाट अर्कोस्थानमा जाने अवस्था नहुँदा देशको पर्यटन सबैभन्दा बढी प्रभावित भएको हो । प्रभावको असर यो बर्षको वसन्त ऋतुमा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

Advertisement

हिमाल आरोहणको मुख्य सिजन मानिने वैशाख र जेठ महिनामा उत्त आरोहीहरू शिखरमा पुगेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन । हिमाल आरोहण गर्नेमा विदेशी भन्दा नेपाली नै अगाडि छन् । शिखरमा पुग्ने आरोहीमध्ये सबैभन्दा धेरै नेपालका दुई सय ८३ जना रहेको विभागले जनाएको छ ।

यस्तै अमेरिकाका ३२ जना, चीनका २४ जना, भारतका २० जना, बेलायतका १३ जना र बहराइनका १० जना शिखरमा पुगेका छन् ।

कुनदेशबाट कति आए पर्यटक-