टेकु अस्पतालमा कोरोना खोप कार्यक्रम स्थगित
- वाणिज्य न्युज
- १८ श्रावण २०७८
438
SHARES
साउन १८, काठमाडौं ।
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगन गरिएको छ। अस्पताल प्रशासनले आइतबार एक सूचना निकालेर कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ। अस्पतालले चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाउने कार्यक्रम आइतबारदेखि बन्द गरिएको जानकारी दिएको हो।
‘जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको सूचना अनुसार अर्को सूचना जारी नभएसम्म खोप कार्यक्रम स्थगन गरिएको छ,’ अस्पताल प्रशासनले भनेको छ। पछिल्लो समय कोरोनाविरुद्धको खोप कार्यक्रम व्यवस्थापन प्रभावकारी नहुँदा अनेक समस्या देखा परेका छन्। काठमाडौंस्थित खोप केन्द्रमा यहाँका स्थायी बासिन्दालाई मात्रै खोप हानिएको भन्दै आलोचना भइरहेको छ। डेरा गरेर बस्ने लक्षित उमेर समुहकालाई खोप नदिएर अन्याय गरिएको गुनासो बढिरहेको छ। विभिन्न देशबाट खोप आउने क्रम जारी रहे पनि सरकारले व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन। चिकित्सकहरुले कोरोनाको दोस्रो लहरले फेरि उचाइ लिन लागेको बताइरहँदा खोप कार्यक्रमले अझै गति लिन सकेको छैन।




-
बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
१३ माघ २०७९ -
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
१३ माघ २०७९ -
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध
१२ माघ २०७९ -
प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त
१३ माघ २०७९ -
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
११ माघ २०७९
प्रतिकृया दिनुहोस्