March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै : काठमाडौंसहित २३ जिल्ला साक्षर घोषणा गर्न बाँकी

अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै : काठमाडौंसहित २३ जिल्ला साक्षर घोषणा गर्न बाँकी

भदौ २३, काठमाडौं ।

Advertisement

आज ८ सेप्टेम्बर अर्थात् ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम हुँदैछन् ।दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नागरिकलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेको बताए।

Advertisement

नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ। जसमा  महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन्।नेपालमा ७७ मध्ये ५४ जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन्। अझै २३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।

बागमती प्रदेशमा काठमाडौं अझै साक्षर घोषणा भएको छैन। जबकि काठमाडौं देशमै सबैभन्दा बढी जनसंख्या भएको जिल्ला मात्र होइन मुलुककै राजधानी पनि हाे। नेपालकाे पहिलाे महानगरपालिका काठमाडौं पनि गत साता मात्र साक्षर घोषणा भएको थियो।

यसैगरी,  ताप्लेजुङ, सोलुखुम्बु, सप्तरी, सिराहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, बाँके, मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । कोरोना भाइरसको जोखिमका कारण अभियान प्रभावकारी हुन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।