April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

परियोजनामा आधारित कर्जा प्रवाह गर्दा ६० प्रतिसतसम्म सहुलियत कर्जा हुनुपर्ने

परियोजनामा आधारित कर्जा प्रवाह गर्दा ६० प्रतिसतसम्म सहुलियत कर्जा हुनुपर्ने

नेपाल उद्योग बाणिज्य महासद्यले परियोजनामा आधारित कर्जा प्रवाह गर्दा ६० प्रतिसतसम्म सहुलियत कर्जा प्रवाहा गर्नुपर्ने माग राखेको छ । कोभिड–१९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसँगै साना मझौला उद्यम र स्टार्ट अपको विस्तारका लागि सो अवधारणा प्रभावकारी रहेको ठहर गर्दै अध्ययन प्रतिवेदन बुझाइएको हो ।
महासघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले उत्त प्रतिवेदन गभर्नर अधिकारीलाई बुझाएको हो । प्रतिवेदनमा अध्ययन प्रतिवेदनमार्फत स्टार्ट अपलाई पूँजी उपलब्ध गराउन कूल लगानीको १० प्रतिशत परियोजना धितोमा कर्जा प्रवाह गरिनुपर्ने तथा परियोजनाको मूल्याकनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुुझाव दिइएको छ ।

 

Advertisement