थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
असोज ६, काठमाडौं ।
पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोही अबधिमा संक्रमण भएका १ हजार ६ सय ३० जना कोरोना मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २१ हजार १ सय ३९ रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमण भएका ६ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमण भएका ११ हजार ५९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार २२६ पुगेको छ । एक दिनमा १ लाख ५६ हजार १८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।
#कोरोना भाइरस #संक्रमण
प्रतिकृया दिनुहोस्