बैतडीमा एक व्यापारी मृत फेला
- वाणिज्य न्युज
- ७ आश्विन २०७८
87
SHARES
बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाडौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।
महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ । स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन् ।



-
बैंकिङ कसुरः पक्राउ परे चुडामणि पौडेल
१५ श्रावण २०७९ -
धनगढीमा ४६ वर्षपछि फोहोरमैला व्यवस्थापन
१६ श्रावण २०७९ -
भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ?
१६ श्रावण २०७९
प्रतिकृया दिनुहोस्