March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

असोज ९ गतेदेखि काग्रेसले पालिका अधिवेशन गर्ने

असोज ९ गतेदेखि काग्रेसले पालिका अधिवेशन गर्ने

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठक ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

विभिन्न २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लाको पालिका अधिवेशन एकैपटक गर्ने प्रस्ताव गरेका थिए । तर बैठकमा त्यसो सम्भव नभएको भन्दै ६४ जिल्लामा शनिबार अधिवेशन गर्ने निर्णय गरेको हो । त्यस्तै बाँकी रहेको १३ जिल्लाका पनि छिट्टै क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिने प्रवक्ता शर्माले बताए ।

कांग्रेसको बिहीबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा दशैँपछि हिमाली जिल्लामा जाडो बढ्ने भएकाले त्यस अघि नै अधिवेशन गर्ने निर्णय गरेको थियो ।

Advertisement