August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

बुद्ध एयरका यात्रु अर्को उडानमार्फत विराटनगर प्रस्थान, दुई महिनामै बुद्धका चार जहाज आकस्मिक अवतरण

बुद्ध एयरका यात्रु अर्को उडानमार्फत विराटनगर प्रस्थान, दुई महिनामै बुद्धका चार जहाज आकस्मिक अवतरण

बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । सोमबार बिहान एनआई कलसाइनको उडान नम्बर–७०१ को जहाज त्रिभुन अन्तराष्ट्रिय विमानस्थलबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि उडेको थियो । तर, विमानको ल्यान्डिङ गियरमा समस्या भएपछि पाइलटले विमानलाई काठमाडौं फर्काएका थिए ।

काठमाडौं फर्किएको बुद्ध एयरको जहाजका यात्रु अर्को उडानमार्फत विराटनगर प्रस्थान गरेका छन् । काठमाडौं ओर्लिएका ७३ जनामध्ये ४९ जनामात्र विराटनगरका लागि उडेका छन् । अन्य यात्रुलाई भने भोलि पठाईको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार बिहान काठमाडौंको आकाशमा २ घण्टा घुमेपछि पाइलटले विमान सुरक्षीत अवतरण गराएका थिए । यस्तै, बुद्ध एयरले पनि विराटनगरतर्फको विमान काठमाडौं फर्काएरै अवतरण गरिएको भनेर विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काएरै सुरक्षित अवतरण गरिएको उल्लेख गरेको छ।

यसरी बुद्ध एयरको विमान आकस्मिक अवतरण गरिएको यो पहिलो पटक भने होइन। यसअघि सोमबार नै काठमाडौंबाट पोखराका लागि उडेको विमान आकस्मिक अवतरण गरिएको थियो। काठमाडौंबाट पोखराका लागि बिहान साढे ७ बजे उडेको फ्लाइट नम्बर नं। यु–६०१ को ९एन एजेओ विमान सोमबार काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो। जहाजको ककपिटमा धुँवा उडेपछि आकस्मिक अवतरण गरिएको थियो। त्यसअघि गत साउन ११ मा पनि बुद्ध एयरका २ विमान आकस्मिक अवतरण गरिएका थिए। काठमाडौंबाट धनगढीका लागि उडेको ६९ जना सवार विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गर्नुपरेको थियो। त्यस्तै, सोही दिन काठमाडौंबाटै नेपालगञ्जका लागि उडेको विमानमा एक जना यात्रु बेहोस भएपछि काठमाडौंमै आकस्मिक अवतरण गर्नुपरेको थियो।

Advertisement