April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

एक सातामा बैंकहरुको कर्जा लगानी ३१ करोड रुपैयाँले बढ्यो

एक सातामा  बैंकहरुको कर्जा लगानी ३१ करोड रुपैयाँले बढ्यो

असोज पहिलो साता बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानी धेरै देखिएको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार असोज पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ३१ करोड रुपैयाँले बढेको छ। असोज ८ सम्म बैंकहरुमा निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । जसमा ४० खर्ब २१ अर्ब स्वदेशी मुद्राको निक्षेप रहेको छ भने १ खर्ब ५८ अर्ब विदेशी मुद्रामा संकलन गरिएको निक्षेप रहेको छ।

Advertisement

असोज महिनाको पहिलो सातामा पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । जसमा ३७ खर्ब ५१ अर्ब स्वदेशी मुद्रा कर्जा रहेको छ भने १ खर्ब ५२ अर्ब विदेशी मुद्रा कर्जा रहेको छ। बैंकहरुले लिएको निक्षेपको ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर, पछिल्लो साताको तथ्यांक हेर्दा निक्षेपभन्दा तेब्बर धेरै ऋण लगानी भएको छ ।बजारमा लगानी योग्य रकम अभाव भए पछि केही दिनअघि मात्रै  नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रकम बजारमा पठाएको थियो । राष्ट्रबैंकका अनुसार अहिले बजारमा २२ अर्ब रुपैयाँ तरलता रहेको छ ।

Advertisement

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरबाट करिब ७८ अर्बले निक्षेप घटेको थियो । यो अवधिमा पनि बैंकहरुले ४३ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका थिए । भदौ महिनाको सुरुदेखि बैंकहरुमा तरलता अभावको समस्या देखिन थाल्यो । बैंकहरुले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक मार्फत स्थायी तरलता सुविधा लिन थाले । बैंकहरुले कर्जा प्रबाह मात्र नभै दैनिक मौद्रिक व्यवस्थापनका लागि पनि नयाँ निक्षप लिनु पर्ने अवस्था आयो । तरलता अभावको समस्या असोजसम्म आइपुग्दा बैंकहरुले ब्याजदर बढाउनुको विकल्प देखेनन् । त्यसपछि असोज महिनालाई लक्षीत गरेर सबै बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउन थाले । ब्याजदर बढाउदा पनि बैंकहरुमा स्वदेशी मुद्राको निक्षेप थपिनुको सट्टा झनै घट्दै गएको छ ।