April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

थप २६४ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ भने ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा थप १४९ जना कोरोना संक्रमित थपिएका छन्। भक्तपुरमा ८, ललितपुरमा २९ र काठमाडौं ११२ गरी १४९ संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा १९३१ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८१५, भक्तपुरमा ४९८ र ललितपुरमा ६१८ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० जना रहेका छन् । जसमध्ये ४ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने २४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Advertisement