April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सुन चाँदीको मूल्य आज बढ्यो, तोलाको कति ?

नेपाली बजारमा सुनको मूल्य बढेकोे छ । आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Advertisement