मदिराकाण्ड अगाडि ‘सुन तस्करी’मा मुछिएका थिए पर्यटन बोर्डका निलम्बित सिइओ धनञ्जय रेग्मी
नेपाल पर्यटन बोर्डका निलम्बित सीईओ धनञ्जय रेग्मी फेरि चर्चामा आएका छन् । बेलायतबाट फिर्ता ल्याएको मदिरा रोकिदिएपछि विमानस्थलका कर्मचारीलाई केही महिनाअघि कुटपिट गरेका उनलाई अर्को संकट आइलागेको हो । उनले यस अगाडि पनि सुन तस्कर गरेर ल्याएको ठहर भन्सार विभागले गरेको छ ।
रेग्मीले चार बर्ष अगाडि सुन तस्करी गरेको आरोप प्रमाणित भएको छ । रेग्मीले चार वर्षअघि कतारबाट क्युआर ७३० नम्बरको कतार एयरवेजको जहाजमा नेपाल आउँदा अवैध रुपमा ल्याएका थिए ।
रेग्मीले २०७४ पुस ७ गते ल्याएको अवैध सुनलाई तस्करी ठहर गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवाना गरेको छ । रेग्मीले चार बर्ष अगाडि ल्याएको सुनको यतिखेर मात्र बिगो तिराउँनु चै राजिनैतिक पूर्वाग्रह भएको जानकार बताउँछन् ।
प्रतिकृया दिनुहोस्