May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित

कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित

नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । यही माघ १५ गतेका लागि  मिति तय भएको अधिवेशन कोरोना महामारीका कारण  स्थगित गरिएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। कोरोना महामारीका कारण जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्ला रहेका छन् । कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्ला अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो।

Advertisement