May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कोभिड नियन्त्रण सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री देउवा

कोभिड नियन्त्रण सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिएको बताएका छन्।  सत्ता सम्हालेको ६ महिना पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै ६५ प्रतिशत नागरिकलाई कोरोना भाइरसबिरुद्धको पूर्ण खोप लगाइएको बताएका हुन् । उनले ७८ प्रतिशतलाई पहिलो डोप खोप लगाइसकेको उल्लेख गर्दै अहिलेसम्म २ करोड ७४ लाख खोप वितरण गरिसकेको उल्लेख गरेका छन्। यसमध्ये १ करोड १८ लाखले पूर्ण डोज खोप लगाइसकेको दाबी प्रधानमन्त्री देउवाले गरेका छन्।

देउवाले कोभिड नियन्त्रणका लागि खोप नै प्रभावकारी माध्यम भएको भन्दै चैतसम्म सबैलाई खोप लगाइसक्ने उद्देश्य अनुसार खोप वितरण भइरहेको जानकारी दिए। यस्तै, अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर जोड लगाइरहेको र ६० वर्षमाथिका व्यक्तिलाई यसै महिनादेखि बुस्टर डोज लगाइने बताए । स्वास्थ्य प्रणालीमा साधनस्रोतको कमी हुन नदिने गरी चुस्त दुरुस्त व्यवस्था मिलाइएको देउवाले बताए। उनले तराई मधेशमा हुने शितलहर र हिमालमा हिमपातका कारण कसैको पनि ज्यान नजाने व्यवस्था मिलाइएको समेत दावी गरे।

Advertisement