January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

एनएनआईपीए स्पोर्ट्स अवार्डमा १८औं एसियन गेम्सलाई आधार मानिने, स्पोर्ट्स अवार्ड आगामी फागुन ६ मा

एनएनआईपीए स्पोर्ट्स अवार्डमा १८औं एसियन गेम्सलाई आधार मानिने, स्पोर्ट्स अवार्ड आगामी फागुन ६ मा

१३ माघ, २०७६, काठमाडौं
एनएनआईपीए स्पोर्ट्स अवार्ड आगामी फागुन ६ देखि आयोजना गरीने भएको छ । इन्डोनेसियामा भएको १८औं एसियन गेम्सलाई आधार मानी उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिने अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ ।
फागुन पहिलो साता देखि काठमाडौंको वसन्तपुरमा संचालन हुने उक्त १४औं संस्करण स्पोर्ट्स अवार्डमा यस वर्ष भलिबलको महिला र पुरुष भलिबल टोलीलाई जनही १–१ लाख प्रदान गरिने भएको छ । त्यस्तै एसियन गेम्समा समावेश भएका विभिन्न २८ खेलमध्ये हरेक खेलबाट १–१ जना उत्कृष्ट महिला र पुरुष खेलाडी छनोट गरि उनीहरूलाई समान १० हजार रुपैयाँ र पारा खेलकुदको पनि उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ दिईने भएको छ ।
एनएनआईपीए स्पोर्ट्स अवार्डमा फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोर्ट्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्ट्स क्लाइम्विङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथोलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फ लगायतका खेलहरु सम्मानित हुने भएका छन् ।
आयोजकका अनुसार आदर्श खेलाडीबाट सम्मानित हुने खेलाडीले ३५ हजार रुपैयाँ, एक जना खेल पत्रकारले २५ हजार रुपैयाँ ,र गतवर्षदेखि सुरु भएको उत्कृष्ट खेलाडीको पनि उत्कृष्टबाट महिला र पुरुष १–१ जनाले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
गत वर्ष यो पुरस्कारको प्रायोजन जनता बैंकले गरेको थियो । यसपटक जनता बैंक ग्लोबल आईएमई बैंकसँग मर्ज भए पनि सो पुरस्कार जनता बैंकले नै दिने भएको छ ।
एनएनआईपीए स्पोर्ट्स अवार्डलाई काठमाडौं महानगरपालीका र ग्लोबल आईएमि बैंकले सहयोग गर्ने भएको छ । उक्त स्पोर्ट्स अवार्डमा करिब १७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

Advertisement