January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

टी–२० क्रिकेट थरंगाले ईपीएल खेल्ने

टी–२० क्रिकेट थरंगाले ईपीएल खेल्ने

१४ माघ, २०७६, काठमाडौं ।
चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता श्रीलंका पूर्वकप्तान उपुल थरंगाले खेल्ने भएका छन् । ललितपुर प्याट्रिएट्सले जारी गरेको विज्ञप्तिमा थरंगाले ईपीएलमा खेल्ने पक्का भएको उल्लेख गरेको छ ।
श्रीलंकाका पूर्वकप्तान तथा विकेट किपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडीआई र २६ टी ट्वान्टी आई खेलेका छन् । उनि ईपीएलमा ललितपुरको सदस्य बनेका छन् ।
उनले टेस्टमा ३ शतक र ८ अर्धशतकसहित १७ सय ५४ रन र ओडीआईमा १५ शतक र ३७ अर्धशतकसहित कुल ६ हजार ९ सय ५१ रन बनाएका छन् । त्यस्तै २६ टी–२० खेलमा ४ सय ७ रन बनाएका छन् ।
ईपीएल १ देखि १५ चैतसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हँुदै छ । जसमा ६ सहरका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement