पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका छन् ।
शनिबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति परराष्ट्रमन्त्री खड्कालाई चिनियाँ विदेशमन्त्री वाङले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो । चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो ।
आज नै नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । सिंहदरबारमा भएको बैठकपछि नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।
प्रतिकृया दिनुहोस्