February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

विश्वकप क्रिकेटः ओमान र नेपाल भिड्दै

विश्वकप क्रिकेटः ओमान र नेपाल भिड्दै

२६ माघ, २०७६, काठमाण्डौ ।
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको नेपाल आज आफ्नो तेस्रो खेलमो फेरि ओमानको सामना गरिरहेको छ ।
उक्त जारी खेलमा कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लागि ओडीआई क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
ज्ञानेन्द्रले २६औं ओभरको चौथो बलमा मोहमम्द नदिमलाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । उनी दुई अर्धशतक हान्ने पहिलो खेलाडी बनेका हुन् ।
यसअघि हिजोको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । युवा अलराउण्डर कुशल मल्लले एक दिवशीय डेब्युमा कीर्तिमानी अर्धशतक प्रहार गरेको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो ।

Advertisement