March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

काभ्रेका ४ मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित

काभ्रेका ४ मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित

काभ्रेका ४ मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । चौंरीदेउराली गाउँपालिका–६ को प्रभा मावि केन्द्र, तेमाल गाउँपालिका–७ को भुमेश्वोर मावि केन्द्र, पाँचखाल नगरपालिका–१३ को सीता मावि केन्द्र, र तेमाल–९ कुशेश्वोर मावि केन्द्रमा तत्कालका लागि मतदान स्थगित भएको हो ।
त्यस्तै तेमाल–९ को कुशेश्वोर मावि केन्द्रमा अशक्तको भोट हाल्ने कुरामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधि बीचको विवादका कारण मतदान स्थगित भएको छ ।

Advertisement

चौंरीदेउराली गाउँपालिका–६ को प्रभा मावि केन्द्रमा मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालिदिए पछि भएको विवादले खाली मतपेटिका नै तोडफोड भएको छ ।

Advertisement

त्यस्तै काभ्रेको तेमाल गाउँपालिका–७ को भुमेश्वोर मावि मतदान केन्द्रमा पनि इच्छाइएको व्यक्तिलाई भोट हाल्न लगाउने विषयमा विवाद हुँदा प्रहरीले एक राउन्ड हवाइ फायर गरेको थियो । उक्त स्थानमा समेत मतदान स्थगित भएको छ ।

पाँचखाल नगरपालिका–१३ मा रहेको सीता मावि मतदान केन्द्रमा मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३–४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरुले विरोध गरेपछि मतदान स्थगित भएको हो । विवाद बढ्दै जाँदा आक्रोशित भिडले मतदानका लागि प्रयोग गरिएको फर्निचर तोडफोड गरेको छ ।