April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

शिवम् सिमेन्ट्सको नाफामा भारि गिरावट

शिवम् सिमेन्ट्सको नाफामा भारि गिरावट

 

शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वितिय विवरण सार्वजनिक गरेको छ | यसको खुद नाफा ३९.९२% ले घटेर ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ पुगेको छ | गत वर्ष यसै अवधिमा भने १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा रहेको थियो । यस कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी ७ अर्ब ३५ करोड रुपैयाँबाट घटेर ७ अर्ब २५ करोड रुपैयाँमा कायम भएको छ ।

यसको कच्चा पदार्थको खपतमा भएको खर्च २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विद्युत तथा उर्जाको खर्च १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने अन्य खर्च ७७ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७६ पैसा रहेको छ ।

Advertisement