साहुको ऋणले जाजरकोटका दलित समुदाय भारतमा विस्थापित
माघ २८, काठमाडौं ।
साहुबाट लिएको ऋण तिर्न नसक्दा दर्जनौ स्थानीय दलित समुदाय भारतमा विस्थापित हुनु परेको छ । भेरी नगरपालिका–११ कट्टी गाउमा दलित समुदायका १२५ घरधुरी रहेका छन् । हाल दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।
आफनो खेतबारी धेरै नभएका दलित समुदायले उत्पादन गरेको अन्न खाना लाई तिन महिना पनि नपुगेपछी साहु बाट ऋण लिएर दैनिक विहान बेलुकाको छाक टारेर गुजारा गर्दै आएका थिय । आर्थिक अवस्था कमजोर भएकै कारणले गर्र्दाे कक्षा ३ देखी ५ सम्ममा पढदै गरेका कलिला बालबालिका भारतमा ज्यालामजदुरी गर्दै आईरहेका छन ।
कट्टी गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानियवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित अुनु परेको छ । उनीहरुको जग्गा स्थानिय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मालगायतका अन्य पसल गरेका स्थानियवासीले नाममा लिइसकेका छन् । उनीहरुको पसलबाट देनिक जीवन यापन गर्नको निम्ती लिएको खाद्यान्न, लत्ताकपडा आदिको उदारो तिर्न नसक्दा जग्गा नै पास गरेर दलित समुदायका स्थानिय बासीहरु आफनो गाउ छोडन् बाध्य भएका हुन् ।
राष्ट्रिय मानवअधिकार आयोग, जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार, अनुगमन प्रतिवेदन २०७६ उल्लेख गरिएको प्रतिवेदनमा जाजरकोटमा कामी ३८ हजार ८५, दमाईंरढोली ६ हजार ८३१, सार्की ३ हजार ५८, बादी एक हजार २१७, गाइने १८७, लोहार १३१, धोबी १०१ र चमार, हरिजन र राम ७१ जना रहेका छन् ।
दलितको लागि भनेर नेपालका संविधानमा जातिको आधारमा सामाजिक विभेद न्यायोचित ठहराउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचार, व्यवहार, अभ्यास वा जातीय भेदभाव, छुवाछूत वा सामाजिक कुरीति विरुद्द सामाजिक सचेतना अभिवृद्दि गर्ने र त्यास्तो कार्यका लागि प्रचार प्रसार सामग्री तयार गरी वितरण गर्ने, दलित समुदायको हक हितको संरक्षण र सम्वर्द्दन तथा त्यसतो समुदायको सशक्तीकरणको लागि आवश्यक सूचना, जानकारी एवं चेतनामूलक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने जस्ता धाराहरु उल्लेख गरपनि कार्यान्यन हुन सकेका छैन् ।
प्रतिकृया दिनुहोस्