November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

चार महिनामा १११६ किलो सुन आयात, बाहिरियो ७ अर्ब ९५ करोड रुपैयाँ

चार महिनामा १११६ किलो सुन आयात, बाहिरियो ७ अर्ब ९५ करोड रुपैयाँ

चालु आर्थि वर्ष को पहिलो चार महिनामा १ हजार १ सय १६ किलो सुन आयात भएको छ ।सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा २१७७ किलो सुन आयात भएको थियो । यसका लागि १४ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो । सुनको सबैभन्दा बढी खपत हुने समय विवाहको लगन भएको महिना र दसैं तिहारमा हो । नेपाल राष्ट्र बैंकले १० किलो मात्रै आयात गर्न पाउने कोटा तोकिदिए पछि सुनको आयात घटेको हो ।

गत आर्थिक वर्षमा सिजनको समयमा सरकारले २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । सुनचाँदी व्यवसायीका अनुसार बजारमा सिजनको समयमा दैनिक ५० किलो सुनको माग छ । तर सरकारले आयातमा कडाइ गर्दा सुन आयात घटिरहेको छ । भदौमा २ अर्ब १६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । त्यसपछि असोजमा २ अर्ब १४ करोड र कात्तिकमा २ अर्ब १५ करोड रुपैयाँ बराबरका सुन भित्रिएका छन् । मंसिर महिना बिहेको सिजन भएकाले यस महिनामा माग अत्यधि बढ्ने गरेको छ । त्यसैले यो महिनामा आयात बढ्ने आकलन गरिएको छ ।

Advertisement