April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

दिल्लीमा चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध

दिल्लीमा चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध

दिल्लीमा नगरपालिकाको चुनावलाई ध्यानमा राख्दै चार दिन मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।

Advertisement

दिल्ली नगर निगमको २५० वडाका लागि डिसेम्बर ४ मा चुनाव हुन लागेपछि अन्तःशुल्क विभागले तीन दिन मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो। चुनावको नतिजा डिसेम्बर ७ मा आउनेछ।

Advertisement

समाचार एजेन्सी पीटीआईका अनुसार अन्तःशुल्क विभागले मतगणनाको दिन पनि ‘ड्राइ डे’ हुने जनाएको छ।

दिल्ली एक्साइज कमिश्नर कृष्ण मोहन उप्पुले बुधबार जारी सूचनामा डिसेम्बर २ देखि ४ र डिसेम्बर ७ ‘ड्राइ डे’ हुने बताएका छन्।

यी चार दिन सरकारले पसल, क्लब, बार आदिमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ।

यो क्रम डिसेम्बर २ मा साँझ ५ः३० बजेदेखि डिसेम्बर ४ साँझ ५ः३० बजेसम्म जारी रहनेछ। यससँगै ६ डिसेम्बर मध्यरात १२ देखि ७ डिसेम्बर मध्यरात १२ सम्म लागू हुनेछ।  एजेन्सी